Fri, 22nd Jun 2018

केही बानी परिवर्तन गर्नुहोस्, तौल सजिलै घट्छ

Published on 2017-01-11 |

व्यस्त दैनिकी, खानपानमा बेमेल, कुर्सीमा दिनभर बसेर गर्नुपर्ने काम आदि व्यक्तिको तौल बढ्ने कारणहरु हुन् । बढी तौल हुने व्यक्तिले अनावश्यक तनाव लिने र तौल घटाउनको लागि अनेक व्यायाम र उपाय प्रयोग गर्ने गरेको पाइन्छ । कतिपयको हर्मोनको कारणले समेत तौलमा वृद्धि भएको हुनसक्छ । जुनसुकै कारणले तौल बढेको भए तापनि घटाउनको लागि कडा व्यायाम गर्ने र खाना नखाने गर्नु आवश्यक छैन । आफ्नो दैनिकीमा केही परिवर्तन गर्नुका साथै सामान्य व्यायामको माध्यमबाट तौल घटाउन सकिन्छ ।

आफ्नो तौलको कारण चिन्तित हुनुहुन्छ र घटाउने उपायको खोजीमा हुनुहुन्छ भने यी उपायहरु लागि लाभदायक हुन सक्छन्:

  • दैनिक कम्तीमा ७ घन्टा निदाउनुहोस् । निद्राले भोक बढाउने हर्मोन बढ्दैन र तौल घटाउनमा मदत गर्दछ ।
  • बिहानको नास्ता पर्याप्त मात्रामा खानुहोस् । जसले गर्दा दिनभर भोक लाग्ने समस्या कन्ट्रोल हुन्छ । कम मात्रामा खानाको उपभोग हुन्छ । यसले तौल घटाउनमा उल्लेख्य सहयोग गर्दछ ।
  • पर्याप्त मात्रामा हरियो सागसब्जी खानुहोस् । बन्दागोभी, पालुङ्गो, मेथीको साग आदिमा फाइबर, भिटामिन र खनिज पाइन्छ । नियमित रुपमा यी सागसब्जी खानाले तौल घट्न मदत पुग्छ ।
  • छिटोछिटो खाने बानीले खाना राम्रोसँग नचपाई निलिन्छ र यसको कारणले ओभर डाइटिङ हुनसक्छ । हरेक खाना आरामसँग खानुहोस् । जसले गर्दा लामो समयसम्म भोक लाग्दैन ।
  • ग्रीन टी र ब्ल्याक टी पिउने गर्नुहोस् । दैनिक २-३ पटक कफी वा कालो चिया पिउनुहोस् । सकेसम्म दूध चिया नखानुहोस् ।
  • डेरीजन्य पदार्थमा प्रशस्त मात्रामा पाइने प्रोटिन, क्याल्सियम, भिटामिनले रसप्रक्रिया (मेटावलिज्म) बढाउँछ र तौल घटाउन सहयोग पुग्दछ । खानामा नियमित दूध, दही, पनिर आदिको प्रयोग गर्नुहोस् ।
  • प्रोटिनयुक्त खाना दैनिक खानुहोस् । प्रोटिनले मांसपेशीको विकासमा सहयोग पुर्‍याउँछ । तौल घटाउन मदत गर्दछ ।
  • नियमित रुपमा दैनिक ३० मिनेट मर्निङ वाक वा व्यायाम गर्नाले अनावश्यक रोकिन्छ ।
  • तनावमुक्त रहनुहोस् । बढी तनावको कारण भोक बढ्ने हर्मोनमा वृद्धि हुन्छ । भोकको वृद्धिले खानाको मात्रा बढाउँछ र अन्तत: तौल वृद्धि हुन जान्छ ।
  • घरमा बनाएको खाना पर्याप्त मात्रामा खानुहोस् । जंक फुडले तौल बढाउँछ ।

(एजेन्सीको सहयोगमा)

***


© People to People Media 2016. All rights reserved.