Tue, 21st Nov 2017

जिका भाइरस निर्मुल गर्ने प्रविधि पत्ता लाग्यो

चिनियाँ अनुसन्धाताले फेला पारे जिका निर्मुल गर्ने 'एन्टिबडी' । जसले 'माइक्रोसेफली'को समस्याबाट मुक्ति दिनेछ ।

भलाकुसारी | Published on 2017-01-11 |

चिनियाँ अनुसन्धाताहरुले गतवर्ष विश्वलाई हायलकायल पार्ने गरी फैलिएको जिका भाइरस निर्मुल गर्ने प्रविधि(एन्टिबडी) पत्ता लगाएका छन् । अनुसन्धाताको दाबी छ कि यसले माइक्रोसेफली (भाइरसका कारण शिशु सानो टाउको हुने समस्या) मुक्ति दिनेछ ।

लामखुट्टेको कारण मानिसमा सर्ने जिका भाइरसको महामारी फैलिएको भन्दै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपतकाल समेत घोषणा गरेको थियो । २३ देशमा फैलिएको यो भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल थियो ।

जिका भाइरस

यो भाइरस सन् १९४७ मा पहिलो पटक युगाण्डामा फेला परेको हो । गतवर्ष यसले महामारीको रुप लिएको थियो । जसबाट दक्षिण ब्राजिलका १५ लाख मानिसहरु संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । ब्राजिलमा मात्रै चार हजार शिशुमा माइक्रोसेफलीको समस्या देखिएको थियो ।

एडिस भनिने लामखुट्टेबाट यो भाइरस फैलिन्छ । जिका भाइरसबाट गर्भवती महिला सबैभन्दा धेरै प्रभावित हुने गर्दछन् । संक्रमित महिलाबाट जन्मिने शिशुमा माइक्रोसेफलीको समस्या देखिन्छ र मष्तिस्क पूर्णरुपमा विकसित हुन पाउँदैन । सन् २०१५ मा जिका भाइरसले दक्षिण अमेरिकी राष्ट्रहरुमा महामारीको रुप लिएको थियो ।

एजेन्सीको सहयोगमा (फोटो: विश्व स्वास्थ्य संगठन-WHO)

***


© People to People Media 2016. All rights reserved.