Thu, 22nd Jun 2017

डिप्रेशनः जान्नैपर्ने कुरा

डिप्रेशन ठूलो स्वास्थ समस्या होइन । उपचारबाट निको हुन्छ ।

भलाकुसारी | Published on 2017-01-14 |

डिप्रेशन ठूलो स्वास्थ समस्या होइन । सजिलै उपचार गर्न सकिने मानसिक रोग हो । कतै तपाईं डिप्रेसनको शिकार हुनुभएको त छैन ? तपाईंले चिनेका कोही व्यक्तिमा यो समस्या छ कि ?

डिप्रेशन के हो ?

डिप्रेशन मानिसले निरन्तर पीडामा भएको अनुभव गर्ने समस्या हो । जीवनमा खुशी ल्याउने कार्यप्रति रुचि नहुने, दैनिक क्रियाकलापमा मन नजानेजस्ता लक्षण डिप्रेशनका लक्षणहरु हुन् ।

व्यक्तिमा लगातार दुई हप्तासम्म निम्न लक्षण देखिएमा डिप्रेशन भएको मान्न सकिन्छः

  • शक्ति क्षीण हुने ।
  • पाचन शक्तिमा परिवर्तन हुनु ।
  • निन्द्रा धेरै वा कम लाग्नु ।
  • चिन्ता भैरहनु ।
  • एकाग्रता हराउनु ।
  • आत्मविश्वासमा कमीआउनु ।
  • सामान्य कुरामा झर्को मान्ने वा चिडचिडे स्वाभाव हुनु।
  • आफुलाई कमजोर ठान्नु।
  • निराशावादी हुनु ।
  • आफैलाई अप्ठ्यारोमा पार्ने, मर्न खोज्ने वा आत्महत्या जस्ता विचार मनमा आउनु । आदि

उल्लेखित समस्या जो कोहीलाई पनि हुन सक्छ । यो मानसिक समस्या भएकाले बिरामीसँग कुरा गरेर (Talking Therapy)  वा यसको औषधी सेवन (Anti-depressant Medication) वा दुवै उपचार पद्धतिबाट गर्न सकिन्छ ।

डिप्रेशनको शंका लागेमा के गर्ने?

  • आफ्ना मनका भावना आफुले विश्वास गरेको व्यक्तिसँग खुलेर भन्नुस । आफुलाई ख्याल गर्ने व्यक्तिसँग खुलेर कुरा गर्दा सजिलो महसुस हुन्छ ।
  • आफुलाई मनपर्ने काममा व्यस्त भइराख्ने । मिल्ने साथीभाइ तथा परिवारसँग सम्पर्कमा रहने । यसो गर्दा एकान्तमा हुने तनाव कम हुन्छ ।
  • सुत्ने समय र खाना खाने समयरेखा बनाउनुस् ।छोटो हिँडाई किन नहोस्,निरन्तर व्यायाम गर्नुस् । अल्कोहल तथा मादक पदार्थ बाट आफुलाई टाढा राख्नुस् । यसले रोगलाई बढाउन मदत पुर्‍याउँछ ।
  • आफुलाई हौसला दिनेर आफुसँग जे छ त्यसैमा सन्तुष्ट रहने कोसिश गर्नुहोस् ।
  • यदि आत्महत्या जस्ता विचार मनमा आईरहन्छ भने समस्या अरुलाई सुनाउनुहोस् । नकारात्मक सोच हटाउने आत्मबल बढाउनुहोस् ।

डाक्टरवा नजिकको स्वास्थ्य संस्थाबाट सल्लाह लिनुहोस्। याद राख्नुहोस्,डिप्रेशनको समस्या उपचारबाट निको हुन्छ ।

***


© People to People Media 2016. All rights reserved.