Tue, 21st Nov 2017

राष्ट्रपति ट्रम्पको हाउभाउ थ्रिडीमा (भिडियो)

ट्रम्पको हाउभाउलाई एकजना कलाकारले थ्रिडी एनिमेसनमा उतारिदिएका छन् ।

भलाकुसारी | Published on 2017-02-19 |

चुनावी प्रतिस्पर्धाका दौरान अनेक घोषणा र विवादित भनाइका कारण चर्चामा आएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको संसारभर अनेक कोणबाट चर्चा हुने गरेको छ । प्राय: धेरै विवाद निम्त्याउने खालका भनाइ तथा निर्णयहरु ट्रम्पको चर्चाको कारक बन्ने गर्दछन् ।

यतिखेर ट्रम्प उनको कुनै खास निर्णय वा भनाइ नभइ हाउभाउका कारण चर्चित छन् । ट्रम्पको हाउभाउलाई एकजना कलाकारले थ्रिडी एनिमेसनमा उतारिदिएपछि त्यसको चर्चा चुलिएको छ ।

स्वीडिस कलाकार अन्देर्स रित्तरले बनाएको ‘ट्रम्प पम्प’शीर्षकको थ्रिडी एनिमेशनको प्रभाव इन्टरनेटमा फैलँदै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको भेटका क्रममा एक हातले उनलाई आफुतिर तान्दै अर्को हातले कुममा धाप मारेर हात मिलाएका थिए । कलाकारले त्यही विषयमा केन्द्रित रहेर थ्रिडी एनिमेसन बनाएका हुन् ।

बिहीबार सार्वजनिक गरिएको उक्त एनिमेसन अहिले विश्वभर चर्चाको विषय बन्न पुगेको छ । जसलाई कलाकार रित्तरले इम्गुर डटकम मार्फत सार्वजनिक गरेका हुन् । रित्तरले आफुले बनाएको एनिमेसन कुनै प्रोपोगन्डाको लागि नभई रमाइलोको लागि भएको बताएका छन् ।

हेर्नुहोस्, भिडियो

Trump handshake

***


© People to People Media 2016. All rights reserved.