Mon, 25th Sep 2017

मतदाता नामावली हेर्ने तरिका

संविधानसभा निर्वाचनका क्रममा जारी गरेको मतदाता परिचयपत्र अमान्य हुने

भलाकुसारी | Published on 2017-03-06 |

नेपाल सरकारले वि.सं. २०७४ वैशाख ३१ गते स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरेको छ । यससँगै निर्वाचन आयोगले तयारी तीव्र पारेको छ भने निर्चावन आचारसंहिता समेत लागु भइसकेको छ । 

यसैबीच आयोगले संविधानसभा निर्वाचनका क्रममा जारी गरेको मतदाता परिचयपत्र अमान्य हुने निर्णय गरेको छ । ऐनअनुसार स्थानीय निकायको निर्वाचनका लागि नयाँ परिचयपत्र जारी हुनेछ ।

निर्वाचन आयोगले १ करोड ४० लाख हाराहारीको संख्यामा फोटोसहितको मतदाता नामावली दर्ता गरिसकेको छ । नयाँ मतदाता परिचयपत्र छाप्ने प्रक्रिया समेत सुरु भइसकेको आयोगले जनाएको छ ।

यसरी खोज्नुहोस्, मतदाता नामावली

मतदाता नामावलीको तपाईंको नाम छ कि छैन ? निर्वाचन आयोगको वेबसाइटमा मतदाता नामावली हेर्न सकिन्छ । त्यसको लागि निर्वाचन आयोगको वेबसाइट इलेक्सन डट जीओभी डट एनपी election.gov.np लग अन गरी निम्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

१.  आयोगको वेबसाइट खोली मतदाता नामावली पेज अन्तर्गत मतदाता नामावली क्लिक गर्नुहोस्

२.  त्यसपछि देखिने स्क्रिनमा जिल्ला, गाविस र वडा छान्नुहोस् । (उदाहरणको लागि: अछाम जिल्ला, कालिका गाविस, वडा नम्बर ९)

३. सब्मिट बटन क्लिक गर्नुहोस्

४. तपाईंले छान्नुभएको जिल्ला, गाविस र वडाको मतदाता नामावली देखिन्छ

५. नामावलीभन्दा माथि अन्डरलाइन गरिएको अक्षरमा क्लिक गरी नामअनुसार मतदाताको सूची हेर्न सकिन्छ ।

***


© People to People Media 2016. All rights reserved.