Mon, 25th Sep 2017

थिएटर मलमा भोलिबाट आन्दोलन

भलाकुसारी | Published on 2017-04-06 |

२०४६ तथा ०६२⁄०६३ को जनआन्दोलन सुरु भएको विशेष र ऐतिहासिक दिन चैत २४ बाट त्यस्तै झल्को दिने नाटक "आन्दोलन"को मञ्चन शुरु हुन लागेको छ । भोलि शुक्रबारदेखि राजधानीको सुन्धारास्थित काठमाडौं मलको नाटकघर थिएटर मलमा प्रदर्शनहुन लागेको हो । यो आन्दोलन पनि २०६२⁄०६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्ने नाटक वैशाख ११गतेसम्म मञ्चन हुनेछ । सौरभ कार्कीले लेखेका नाटक रंगकर्मी सुदाम सीकेले निर्देशन गरेका हुन् ।

***


© People to People Media 2016. All rights reserved.