Sat, 27th May 2017

दयाहाङ र केकीको 'तामाङ सेलो' बोलको गित सार्वजनिक

भलाकुसारी | Published on 2017-04-07 |
 
दिपेन्द्र लामा निर्देशित तथा सिनेमा आर्ट्स प्रोडक्सनको व्यानरमा बनेको फिल्म 'घामपानी'  मा समावेश तामाङ सेलो बोलको गीत सार्वजनक भएको छ । अन्तरजातिय कथासग सम्बन्धित फिल्ममा तामाङ समुदाय र ब्राह्मण समुदायका युवायुवतीको प्रेम जोडिएको छ । 

सार्वजनिक गीतमा लिड अभिनेता दयाहाङ राई तामाङ अनि अभिनेत्री केकी अधिकारी ब्राह्मण समुदायको प्रतिनिधित्व गर्दै देखिएका छन् । गीतमा स्वर संजीव वाईवा, फुलकुमार बम्जम र जितु लोप्चनको छ भने संगीत चन्द्र कुमार दोङले दिएका छन् ।

***


© People to People Media 2016. All rights reserved.