Mon, 25th Sep 2017

उत्कृष्ट प्रेमकथा लेख्ने एलिशालाई एक लाख पुरस्कार

भलाकुसारी | Published on 2017-04-11 |
फिल्म 'लभ लभ लभ' को तर्फबाट एक महिना पहिले घोषणा गरिएको 'आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोस' कार्यक्रमको उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । लभस्टोरी पठाएका डेढ सय बढि प्रतिस्पर्धीलाइ पछि पार्दै पाटनकी एलिशा महर्जनले एकलाख पुरस्कार हात पारीन्  ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले एलिशाको हातमा एक लाख नगद थमाएकी थिईन् । कार्यक्रममा निर्देशक दिपेन्द्र के खनाल, अभिनेता सुरज पाण्डे र अभिनेत्री स्वस्तिमा खड्का पनि सहभागी थिए ।

कथा छनोट गरेका निर्देशक खनालले अन्य प्रतिस्पर्धीको तुलनामा एलिशाले लेखेको कथामा गुदी भेटेको तर्क गरे ।एलिशाले पठाएको कथाको क्लाईमेक्स ठ्याक्एै लभ लभ लभ सँग मेल खान गएको  र कथामा अन्यको तुलनामा बढि संभावना बोकेका लाईनहरु समाबेस भएको खनालले बताए ।

***


© People to People Media 2016. All rights reserved.