Thu, 27th Jul 2017

"सेतो सूर्य" ले हात पार्यो थप चार अन्तराष्ट्रिय अवार्ड

भलाकुसारी | Published on 2017-04-12 |

नेपाली फिल्म ‘सेतो सूर्य’ ले स्विजरल्यान्डमा भएको 'फ्रिबर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा' सर्वाधिक चार विधामा अवार्ड जितेको छ । दीपक रौनियारको निर्देशन र लेखनमा रहेको चलचीत्र ‘सेतो सूर्य’ले फेस्टिभलमा ‘स्पेसल मेन्सन जुरी अवार्डसहित अडियन्स अवार्ड, इकुमेनिकल जुरी अवार्ड र द डन क्विजोते अवार्ड जितेको हो।

सेतो सुर्य मा दयाहाङ राई, आशा मगराती, रवीन्द्रसिंह बानियाँ, सुमी मल्ल, अमृत परियार लगायत कलाकाहरुको मुख्य अभिनय रहेको छ। चलचित्रमा ओवादी सशस्त्र द्वन्द्व र त्यसले नेपाल समाजमा पारेको प्रभावलाई एउटा परिवार कथा मार्फत मार्मीक रुपमा चित्रण गरिएको छ। जुरीले ‘सेतो सूर्य’लाई राजनीति, परम्परा र धर्म–संस्कृतिको परिधिभित्र तयार पारिएको सुन्दर फिल्म भन्दै अवार्ड प्रदान गरेको हो।

विश्व चलचित्रमा प्रतिष्ठित मानिने महोत्सवमा यस पटक ‘न्यु टेरिटरी’ विधा अन्तर्गत डेढ दर्जन भन्दा बढी कथानक चलचित्र एवं लघु चलचित्र प्रदर्शन गरिएको थियो ।
 महोत्सवमा प्रदर्शन भएको नेपाली चलचित्रलाई अंग्रेजी र फ्रेन्च भाषामा सबटाइटल राखी प्रस्तुत गरिएको थियो ।

***


© People to People Media 2016. All rights reserved.