Thu, 27th Jul 2017

दूधमा बेसार मिसाएर पिउँदाका चमत्कारी फाइदा

भलाकुसारी | Published on 2017-04-12 |

दूध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्तिनै बेसार पनि । यी दुबैमा औषधीय गुण पनि हुन्छ । कति यस्ता चिज हुन्छन्, जो आफैमा स्वास्थ्यबर्द्धक हुन्छ । दूध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ । मानिसलाइ चिसो लाग्दा दूधमा बेसार मिसाएर पिइन्छ। तर, यसले शरीरको चिसो मात्र हटाउने काम मात्र गर्दैन, अरु धेरै फाइदा पनि गर्छ ।

कुनैपनि खानेकुरा कुन समय खाने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । जस्तो दही स्वास्थ्यका लागि राम्रो हो तर, राती सुत्नुअघि दहीको सेवन प्रत्युत्पादक हुन्छ । ठीक यसैगरी दूधको सेवन चाहि राती सुत्नुअघि गर्न सकिन्छ । बेसार मिश्रण गरिएको दूध राती पिउनु लाभदायक मानिन्छ ।

दूधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ ।
 बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दूध पिउनाले हड्डी बलियो बनाउँछ ।
 बेसारमा करक्यूमिन रहेको हुन्छ , यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ । त्यसैले दूध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।
यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ ।
दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ , अल्सर, डाइरिया र अपच हुन दिँदैन ।
बेसार भएको दूध पिउँदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ ।

***


© People to People Media 2016. All rights reserved.