Thu, 22nd Jun 2017

चलचित्र प्रेमगीत-२ को शिर्ष गीत रिलीज

भलाकुसारी | Published on 2017-04-13 |

रामशरण पाठकले निर्देशन गरेका र सन्तोष सेनले निर्माण गरेको फिल्म ‘प्रेमगीत' को सिक्वेल ‘प्रेमगीत २’को शिर्ष गीत रिलिज भएको छ ।

संगीतका कारण चर्चित बनेको ‘प्रमेगीत’ सिरिज ‘प्रेमगीत २’को शिर्ष गीत‘कहानी यो प्रेमगीतको‘ भिडियो सार्वजनिक भएको केही घण्टामा नै ठूलोसंख्यामा दर्शकले पछ्याएका छन् ।

 नयाँ बर्षको शुभकामना सहित निर्माण कम्पनी आँशुसेन फिल्मले गीत रिलिजगरेको हो । गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्रीले आवाज दिएका छन् ।कल्याण सिंहले संगीत भरेको गीतलाई अमृत महरठ्ठाले लेखेका हुन् ।

यस गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र डेब्यू नायिका अश्लेषाठकुरी रहेका छन् । पुरुषोत्तमप्रधानले छायांकन गरेको गीतमा रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ ।


***


© People to People Media 2016. All rights reserved.