Thu, 22nd Jun 2017

वान सटमा खिचिएको फिल्म जालो जेठ १९ मा

भलाकुसारी | Published on 2017-04-21 |

विश्वमै असम्भव भनिएको वान सटमा तयार भएको नेपाली फिल्म 'जालो' प्रदर्शनका लागि तयार भएको छ । सायद तपाईहरुलाई पत्यार नलाग्न सक्छ, वान सटमा पनि फिल्म तयार हुन्छ भनेर ?

३ घण्टा ५३ मिनेटसम्म क्यामेरा अफ नगरि खिचिएको दुई फिल्म मध्ये 'जालो' को बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ । थ्रिलर हरर जनरमा निर्माण भएको 'जालो' ट्रेलरले पैसा बोल्छ ।

जेठ १९ गतेलाई रिलिज डेट तय गरिएको 'जालो' पूर्ण व्यवसायिक मनोरञ्जनात्मक फिल्म बनेको बताइएको छ ।

'जालो' को सिक्वेलको रुपमा रहेको 'जालो रिर्टन्स' को भने रिलिज डेट फाइनल गरिएको छैन । निर्माणपक्षबाट प्राप्त जानकारी अनुसार, 'जालो' रिलिजको एक बर्षपछि 'जालो रिर्टन्स' हलमा लाग्नेछ । यी दुवै फिल्ममा नीर शाह, अनुप विक्रम शाही, मेनुका प्रधान, निराजन प्रधान, मुना गौचन लगायतको मुख्य भूमिका रहेको छ ।

***


© People to People Media 2016. All rights reserved.