Mon, 25th Sep 2017

अबैध अन्तर्राष्ट्रिय कल बाईबास गर्ने पक्राउ

भलाकुसारी | Published on 2017-04-21 |
गोकर्णेश्वर नगरपालिका–५ स्थित श्रीराम पौडेलको घरमा अवैध रुपमा भीओआइपी संचालन गरिरहेको अवस्थामा बारा निजगढ नगरपालिका–५ सडकटोलकी २४ वर्षीया अनुपा खतिवडालाई विभिन्न उपकरणसहित केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको छ ।
उक्त ठाउँबाट ६४ पोर्टको जिएसएम गेटवए डीभाइस १ थान, टिपी लिंकको राउटर १ थान, एचपी कम्पनीको ल्यापटप १ थान, कलर्स मोबाईल १ थान, ८ जिबीको पेनड्राइभ १ थान र सोनी एक्सपेरा मोवाइल १ थान बरामद भएको छ ।

***


© People to People Media 2016. All rights reserved.