Thu, 22nd Jun 2017

अवतार को चारवटै सिक्वेलको रिलिज पक्का

भलाकुसारी | Published on 2017-04-24 |
जेम्स क्यामरुनको हलिउड रेकर्ड ब्रेकिङ फिल्म 'अवतार' को पहिलो सिक्वेल रिलिजको ११ वर्षपछि हलमा लाग्ने भएको छ । 'अवतार' को पहिलो सिक्वेल सन् २०२० मा आउने पक्का भएको छ । जेम्स क्यामरुनले 'अवतार' का चारवटा सिक्वेलको लागि रिलिज डेट तोकेका हुन्, जसमध्ये 'अवतार २' सन् २०२० आउन लागेको हो । हालैमा फिल्मको फेसबुक पेजमा क्यामरुन र उनको ठूलो फिल्मका क्रुु को तस्वीर पोस्ट गरिएको छ जसले अब आउने चार फिल्मको लागि लगातार काम गरिरहेका छन् । उक्त पोस्टका अनुसार 'अवतार २' सन् २०२० को डिसेम्बर १८ मा र 'अवतार ३ु' दोस्रो भाग रिलिजको एक वर्षपछि अर्थात सन् २०२१ डिसेम्बर १७ मा रिलिज हुनेछ । फ्रेन्चाइजीले त्यसपछि तीन वर्षको विश्राम लिनेछ र सन् २०२४ डिसेम्बर २० मा 'अवतार ४' प्रर्दशनमा आउनेछ र 'अवतार' को अन्तिम सिक्वेल सन् २०२५ को डिसेम्बर १९ मा रिलिज हुनेछ । क्यामरुनले पहिलो सिक्वेललाई सन् २०१८ मा ल्याउन चाहेका थिए तर पछि काम धेरै नै बाँकी भएकोले यस वर्ष ल्याउन नसकिने भएको बताएका थिए । सन् २००९ मा रिलिज भएको 'अवतार' सुपरहिट भएको थियो जसले हलिउडमा किर्तिमानी दुई अर्ब सत्तरी करोड डलर भन्दा बढि कमाएको थियो । उक्त फिल्म मानव र काल्पनिक पान्डोरा ग्रहका निलो छाला भएका नाभि जातिको बीचको द्धन्द्धमा आधारित थियो ।

***


© People to People Media 2016. All rights reserved.