Thu, 27th Jul 2017

सलमान र यूलिया प्रेम सम्बन्धमा खटपट

भलाकुसारी | Published on 2017-04-25 |

सलमान खान र यूलिया प्रेम सम्बन्धमा रहेको कुरा सबैलाई थाहा छ । यतिसम्मकी उनीहरुको विवाहको खबर समेत बाहिर आइसकेको छ । केही बर्षदेखी एकअर्कालाई डेट गरिरहेका सलमान र यूलियाको सम्बन्ध अहिले भने खासै राम्रो नभएको भारतीय मिडियाहरुले बताएका छन् । हालैमा सलमान खानको यूलियासँग झगडा भएको खबर बाहिर आएको छ । झगडाको कारण सलमानको टूर बताइएको छ । रिपोर्टका अनुसार, यूलिया दबंग टूरु मा गीत गाउन चाहन्थिन् । तर, सलमानले यस्तो गर्न दिएनन् । यसैलाई लिएर यी दुईको बीच ठूलै बहस भएको थियो र टूर सुरु हुनुभन्दा केही दिन पहिला नै यूलिया सलमानसँग बोल्न समेत छाडेकी छिन् । अहिले यूलिया सलमानदेखी निकै अपसेट छिन् । टूरमा सलमानसँग उनकी आमा सुशीला चरक, बहिनी अर्पिता खान र ज्वाई आयुष शर्मा लगाएत दर्जनौं कलाकारहरु पनि सलमानको साथमा छन् ।

***


© People to People Media 2016. All rights reserved.