Fri, 18th Aug 2017

रिलिज अगावै बाहुबली-२ लिक

भलाकुसारी | Published on 2017-04-27 |

बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ यतिबेला चर्चामा छ । अहिले खबर बाहिर आएको छ कि फिल्मको केही सिन लिक भएको छ ।

रिपोर्ट्सका अनुसार, धेरै सोसल प्लेटफर्मसमा फिल्मको प्रिभ्यू शोबाट केही भिडियो यतिबेला भाइरल बनेका छन् । बताईए अनुसार भिडियोलाई ट्विटरमा पनि पोस्ट गरिएको थियो, तर अहिले उपलब्ध  छैन । तर, फिल्मका प्रोड्यूसर शोबू यारलागड्डाले यो खबरको खण्डन गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्,“विभिन्न देशहरुको सेन्सर बोर्ड बाहेक बाहुबली २ अन्य काहीँ कतै देखाइएको छैन् ।“बाहुबलीको पहिलो भाग पनि रिलिज अगावै अनलाइनमा लिक भएको थियो ।

खबरका अनुसार, फिल्मको पहिलो विकेन्डको लगभग सबै टिकट बुक भैसकेको छ । केही ट्रेड एनालिस्टका अनुसार ‘बाहुबली २’ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बन्न सक्छ । फिल्म दुनियाँभर ५ हजार स्क्रिनमा रिलिज हुँदैछ ।

२५० करोडमा बनेको बाहुबली  द कन्क्लूजन मा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना, राम्या कृष्णन र सत्यराजको मुख्य भूमिका रहेको छ ।

***


© People to People Media 2016. All rights reserved.