Thu, 22nd Jun 2017

सेन्ट जेभियर्स स्कुलमा भर्ना गरीदिन्छु भनी रकम ठगी

भलाकुसारी | Published on 2017-04-28 |

सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिन्छु भनी रकम ठगी गर्ने सुगम भन्ने बावुराम सुबेदी र बिनोद भन्ने बिमल खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ ।

रविनप्रसाद धितालले ५ वर्षीय छोरा प्रिन्स धिताललाई ललितपुर जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा पढाउन इन्ट्रान्स परीक्षाको फाराम भरी स्कुल बाहिर बसिरहेको अवस्थामा सुवेदीले नाम निस्कन गाह्रो हुन्छ विमल खड्काले सबै मिलाइदिने भन्दै १ लाख ५० हजार माग गरेपछि धितालले तत्काल प्रभु बैंकको चेक दिएका थिए ।
इन्ट्रान्स परीक्षाको रिजल्टमा छोराको नाम ननिस्केपछि, ठगी गरेको र सम्पर्क विहिन भएको भन्दै महाशाखामा धितालले दरखास्त दिएका थिए ।  उनीहरुले अरु व्यक्तिहरुलाई पनि विभिन्न बहानामा ठगी गरेको प्रहरिले जनाएको छ । 

***


© People to People Media 2016. All rights reserved.