Sat, 27th May 2017

जेब्रा क्रसिङमा सवारि रोकेमा र जथाभावी बाटो काटेमा जरिवाना

भलाकुसारी | Published on 2017-04-30 |

महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडकवाट बाटो काट्ने पैदल यात्रुलाई जरिवान गर्ने भएको छ । काठमाडौं उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रम अन्तर्गत जेब्रा क्रसमा पैदल यात्रुले खुट्टा राख्ने बित्तिकै सवारी साधान नरोकेमा सवारी चालकलाई पनि कडा कारबाही गर्ने तयारी थालेको छ ।महाशाखाले पैदल यात्रुहरुलाई जेब्राक्रस र आकाशेपुल प्रयोग गरेर मात्रै सडक पार गर्न पनि पुनःअपील गरेको छ । त्यस्तै जथाभावी बाटो काटेको खण्डमा पैदल यात्रुले समेत जरिवाना तिर्नुपर्ने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न बैशाख १ गतेबाट सवारी साधानमा हर्न बजाउन रोक लगाएको थियो । सवारीको चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ शुक्रबारबाट पैदल यात्रु सुरक्षा कार्यक्रम संचालनमा ल्याइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २०० जरिवना गर्नेभएको छ ।

***


© People to People Media 2016. All rights reserved.