Fri, 20th Oct 2017

जम्मा गर्न पठाएको रकम लिएर भाग्ने पक्राउ

भलाकुसारी | Published on 2017-04-30 |

बैंकमा जम्मा गर्न भनि पठाएको रकम लिएर भाग्ने सिन्धुली घर भई पुरानो गुजेश्वरी बस्ने २३ वर्षीय सुनिल पौडेललाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । 
गत बैशाख ६ गते काठमाडौँ बानेश्वर स्थित नेशनल मनि ट्रान्सफरबाट कुशुम खनालले पौडेललाई नेपाल ईन्भेष्टमेण्ट बैंकमा ५ लाख रुपैयाँ खातामा राख्नको लागि बा.२८ प ९६०७ नम्बरको स्कुटर सहित पठाएकोमा खातामा रकम जम्मा नगरी पौडेल फरार भएका थिए । 
पौडेललाई प्रहरीले उनको कोठाबाट उक्त स्कुटर, नगद ६३ हजार रुपैयाँ  र मोवाइल १ थान सहित पक्राउ गरेको छ । 


***


© People to People Media 2016. All rights reserved.