Fri, 18th Aug 2017

'केन्द्रीय सदस्यको मनोनयन मिडियाबाट थाहा पाएँ': पशुपति शमशेर राणा

अध्यक्षले पार्टीलाई 'एकल बिर्तामा रुपान्तरण गरेको' राणाको भनाइ

भलाकुसारी | Published on 2017-07-14 |

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति समशेर राणाले ४२ जना केन्द्रीय सदस्यहरुको मनोनयन आफुले सञ्चार माध्यमबाट थाहा पाएको बताएका छन् । अध्यक्ष कमल थापाले केन्द्रीय सदस्यहरुलाई थाहै नदिई मनोनयन गरेको भन्दै राणाले विज्ञप्ति जारी गरी चेतावनी दिएका छन् ।

विज्ञप्तिमा अध्यक्ष थापाले एकाङ्गी ढङ्गले पार्टी चलाउन खोजेको उल्लेख गर्दै यसले पार्टीमा 'अनिष्ट र विग्रहको स्थिति पैदा गर्ने' भन्दै चिन्ता व्यक्त गरिएको छ ।

केन्द्रीय समिति र केन्द्रीय कार्य सम्पादन समितिको अस्तित्वलाई नकार्दै अध्यक्षले पार्टीलाई 'एकल बिर्तामा रुपान्तरण गरेको' राणाको भनाइ छ । विज्ञप्तिमा अध्यक्ष थापालाई निर्णय फिर्ता लिन चेतावनी दिँदै उक्त कार्यको घोर निन्दा र भर्त्सना गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी साउन ४ गतेका लागि तय भइसकेको अवस्थामा अध्यक्ष थापाले केन्द्रीय सदस्यहरुको मनोनयन गरेपछि वरिष्ठ नेता राणा रुष्ट भएका हुन् ।

 

हेर्नुहोस्, विज्ञप्ति:

Press Release Pashupati Samsher

***


© People to People Media 2016. All rights reserved.