Tue, 21st Nov 2017

‘डेस्पासितो’ द रेकर्ड ब्रेकर (भिडियो सहित)

विश्वको जनसङ्ख्याको आधाआधीले यो गीत युट्युबमार्फत हेरिसकेका छन्

भलाकुसारी | Published on 2017-08-16 |

गायकद्वय लुइस फोन्सी र ड्याडी यांकीको ‘डेस्पासितो’पछिल्लो समय 'रेकर्ड ब्रेकर बन्न सफल भएको छ ।स्पेनी भाषाको यो गीतको लोकप्रियता यति तीव्र छ कि यो सामग्री तयार पार्दासम्म ३ अर्ब बढी पटक अर्थात् विश्वको जनसङ्ख्याको आधाआधीले यो गीत युट्युबमार्फत हेरिसकेका छन् ।

यससँगै गीतले छोटो समयमै तीव्र लोकप्रियताको रेकर्ड समेत बनाएको छ । सार्वजनिक भएको केही महिनामै सर्वाधिक हेरिएको गीतको रेकर्ड समेत ‘डेस्पासितो’कै नाउँमा छ ।

यस गीतले प्रेमिल र आत्मीय सम्बन्धको विषय उठान गरेको छ । गीतका पंक्तिहरुमा भनिएको छ:

'तिमीलाई थाहा छ, म तिमीलाई नै हेरिरहेको छु

तिम्रो हेराइले मलाई बोलाइरहेको छ

र, मलाई मार्गदर्शन गरिरहेको छ

तिमी चुम्बक र म फलाम हुँ

म नजिक हुँदै, योजना बनाउँदै छु

यो विचारले धड्कन बढाइरहेको छ

र, म यसमा सधैँभन्दा बढी रमाइरहेको छु

मेरो चेतनाले अझै धेरै माग गरिरहेको छ

जुन बिल्कुल भयरहित हुनुपर्दछ'

<iframe width="640" height="360" src="https://www.youtube.com/embed/kJQP7kiw5Fk" frameborder="0" allowfullscreen></iframe>

***


© People to People Media 2016. All rights reserved.