Tue, 21st Nov 2017

१० वर्षीया बालिकाबाट छोरीको जन्म

बालिकाको स्वास्थ्य खतरामा पर्ने भएकाले गर्भपतन नगर्न आदेश

भलाकुसारी | Published on 2017-08-18 |

भारतको चण्डीगढमा १० वर्षीया बालिकाबाट शिशुको जन्म भएको छ । चण्डीगढस्थित एक सरकारी अस्पतालमा बिहीबार बिहान शिशु जन्मिएको हो ।

चिकित्सकले बालिकाको पेटको शल्यक्रिया गरेका थिए । शिशुको तौल साढे दुई किलो छ । अस्पतालका अनुसार आमा र शिशुको स्वास्थ्य सामान्य छ । बालिका बलात्कारपछि गर्भवती भएको समाचारमा जनाइएको छ । यसअघि बालिकाका अभिभावकले दिएको निवेदनमा सर्वोच्च अदालतले गर्भपतन नगर्न आदेश दिएको थियो ।

आफ्नै काकाद्धारा बलात्कार

बालिकाले बारम्बार पेट दुख्ने गरेको बताएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई गत जुलाईमाअस्पताल भर्ना गरिएको हो । बालिकाको परिवारका अनुसार उनको पेटमा स्टोन रहेकोआशंका थियो । अस्पतालले उनी गर्भवती रहेको रिपोर्ट दिएपछि अभिभावकहरुले गर्भपतनको लागि अदालतमा निवेदन दिएका थिए ।

अदालतमा निवेदन दिँदाको बखत भ्रुण ३० हप्ताको भइसकेकोले बालिकाको स्वास्थ्य खतरामा पर्ने सिफारिस डाक्टरहरुले गरेका थिए । भारतमा २० हप्तासम्मको गर्भपतनको लागि अदालतले आदेश दिनसक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार बालिका गर्भवती भएको धेरै ढिलोगरी थाहा भएको थियो । उनलाई आफ्नै काकाले बारम्बार बलात्कार गर्ने गरेको जनाइएको छ । बलात्कारको आरोपी उनको काकालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नी छोरी १० वर्षको उमेरमै गर्भवती होलिन् भन्ने कल्पनासम्म नगरेको अभिभावकको प्रतिक्रिया छ ।

***


© People to People Media 2016. All rights reserved.