Tue, 21st Nov 2017

‘ग्याङ्गस्टर ब्लूज’ र ‘भूइँमान्छे’ देशभर

‘ग्याङ्गस्टर ब्लूज’र ‘भूइँमान्छे’ देशव्यापी प्रदर्शनमा

भलाकुसारी | Published on 2017-08-24 |

गत शुक्रबार रिलिज भएका दुई चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’र ‘भूइँमान्छे’ देशव्यापी प्रदर्शनमा छन् । यी दुई चलचित्र अलग्गै स्वादका भएकोले सफल हुने निर्माता, निर्देशकको भनाइ छ ।

‘ग्याङ्गस्टर ब्लूज’ ग्याङ्गस्टरहरुको कथावस्तुमा बनेको चलचित्र हो । त्यसैगरी दोस्रो चलचित्र ‘भूइँमान्छे’ अस्पतालमा शव चिर्ने काम गर्ने व्यक्तिको मनोविज्ञानमा आधारित रहेको छ ।

हेमराज बिसीले निर्देशन गरेको ‘ग्याङ्गस्टर ब्लूज’मा कलाकारहरु आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । सो चलचित्रमा मनिष पण्डित कार्यकारी निर्माता र सरोज न्यौपाने, हेमराज बिसी निर्माता रहेका छन् ।

‘भूइँमान्छे’को निर्देशन नवराज बुढाथोकीले गरेका हुन् । यस चलचित्रमा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिन प्रजापति, बादल भट्ट, सशांक बोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘भूइँमान्छे’को निर्माण रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले गरेका हुन् ।

निर्माण पक्षले दाबी गरेजस्तै चलचित्र साँच्चै अलग स्वादका सफल चलचित्रको रुपमा रहन्छन् कि रहँदैनन् भन्ने थाहा पाउन केही समय पर्खनुपर्ने हुन्छ ।

***


© People to People Media 2016. All rights reserved.