Tue, 21st Nov 2017

प्रचण्ड बाह्यशक्तिको बुख्याँचा बनेर हौसिए- भट्टराई

बुख्याँचा बनेर 'नहौसिन र अरुको मानमर्दन नगर्न' राम्रो हुने सुझाव

भलाकुसारी | Published on 2017-08-28 |

नयाँ शक्ति पार्टी नेपालका संयोजक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रचण्ड 'बाह्यशक्तिको बुख्याँचा बनेर हौसिएको' आरोप लगाएका छन् । राजा ययाति आत्मस्लाघाले स्वर्गबाट तल गिरेको सन्दर्भ उल्लेख गर्दै भट्टराईले प्रचण्डलाई अरुको बुख्याँचा बनेर 'नहौसिन र अरुको मानमर्दन नगर्न' राम्रो हुने सुझावसमेत दिएका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाबुराम, वैद्य र विप्लव माओवादी केन्द्रमै आउनुपर्ने बताएका थिए ।

माओवादी केन्द्रका ६ नं. प्रदेशका अगुवा कार्यकर्तालाई सुर्खेतमा प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले भनेका थिए, ‘वैद्यजी पनि कुनै लाज नमानी माओवादी केन्द्रमै आउनुपर्छ, विप्लवजी पनि अन्त जाने ठाउँ छैन । बाबुरामजी पनि भौतारिनु पर्दैन।दक्षिणपन्थीसँग एकताको गुहार गर्नुभन्दा माओवादीमै आउनु राम्रो हुन्छ, सबै आउनैपर्छ ।’

बाबुराम भट्टराईको ट्‍वीट

***


© People to People Media 2016. All rights reserved.