Tue, 21st Nov 2017

प्रेमध्वजको 'प्रेमगीत' र रूपकको 'सानु' एकैसाथ

'प्रेमगीत'सँगै पछिल्लो दशकका प्रतिनिधि रुपक डोटेलको एल्बम ‘सानु’ सार्वजनिक

भलाकुसारी | Published on 2017-09-21 |

आधुनिक नेपाली संगीतका एक शिखर व्यक्तित्व प्रेमध्वज प्रधानले ८ दशक उमेर पार गरेपछि गायका गीतहरुको एल्बम 'प्रेमगीत'सँगै पछिल्लो दशकका प्रतिनिधि रुपक डोटेलको एल्बम ‘सानु’सार्वजनिक भएको छ ।

गायकद्वयको एल्बम बिन्धवासिनी म्यूजिक प्रालिले बजारमा ल्याएको हो । 'प्रेमगीत'मा प्रधानको स्वर तथा संगीत र डोटेलको एल्बम ‘सानु’मा रहेका गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।

कार्यक्रममा एउटै मञ्चबाट सार्वजनिक भएका दुई एल्बममा समावेश गीतहरुको म्युजिक भिडियो समेत सार्वजनिक गरियो । राजधानीमा आयोजित उक्त कार्यक्रममा अग्रज र युवापुस्ताका सर्जक, स्रष्टा र संगीतप्रेमीको उल्लेख्य उपस्थिति थियो ।

हेर्नुहोस् भिडियो,

***


© People to People Media 2016. All rights reserved.