Fri, 17th Aug 2018

साझा प्रकाशनका सदस्यको राजीनामा

मन्त्रालयबाट राजीनामा स्वीकृत नभएपछि विज्ञप्ति प्रकाशन गर्दै राजीनामा

भलाकुसारी | Published on 2017-09-21 |

पछिल्लो समय विभिन्न विवाद र अनियमिततामा मुछिएको साझा प्रकाशनको सञ्चालक समितिका तीन जना सदस्यले राजीनामा दिएका छन् । प्रकाशनको सञ्चालक समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले विज्ञप्ति प्रकाशन गर्दै राजीनामा दिएका हुन् ।

साझा प्रकाशन र आफ्नो प्रतिष्ठामा आँच आउने किसिमका समाचार आइरहेकाले पदमा बसिरहनु उपयुक्त नभएको उनीहरुको भनाइ छ । यसअघि तीनै जना सदस्यले शिक्षा मन्त्रालयमा गत साउन ९ गते राजीनामा बुझाएका थिए । मन्त्रालयबाट राजीनामा स्वीकृत नभएपछि राजीनामा दिइएको हो । सदस्यत्रयको विज्ञप्तिमा ‘स्वयं शिक्षा मन्त्रालयबाट समेत राजीनामाका बारेमा भ्रामक समाचार आएकाले पनि साझा प्रकाशनमा बस्न उपयुक्त नहुने’ उल्लेख छ । शर्मा र नेपाललाई मन्त्रालयले २०७२ साल असार २४ र प्रा डा बराललाई साउन १० गते तीनवर्षका लागि साझा प्रकाशनको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो ।

***


© People to People Media 2016. All rights reserved.