Tue, 21st Nov 2017

'स्वदेश र सपना'को विमोचन

देवकोटा गीतकार संघ नेपालका अध्यक्ष हुन्

भलाकुसारी | Published on 2017-09-21 |

गीतकार चुडामणी देवकोटाको शब्द, शक्ति बल्लभको संगीत र सुमित खड्काको स्वर रहेको राष्ट्रिय भावनाका गीतहरुको एल्बम ‘स्वदेश र सपना’ सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा माइतीघर चलचित्रका नायक सिपी लोहनी, नायिका माला सिन्हा, गायक प्रेमध्वज प्रधान, गीतकार किरण खरेल, रत्नशमसेर थापा, डा.विमल कोइराला, एसपी कोइराला लगायतले एल्बम सार्वजनिक गरेका हुन् ।

एल्बममा 'मेरो देश सुन्दर छ...','फूलबुट्टा जस्तो रंगी र चंगी...','गर्व गरौँ नेपाली हौँ..','धेरै तन्त्र आए खुशी आएन...' र 'गाउँ घर छिमेकीमा नाता हरायो..' बोलका ५ वटा गीत समावेश छन् । ‘स्वदेश र सपना’ देवकोटाको पाँचौं एल्बम हो । त्यसैगरी यो एल्बम गायक खड्काको राष्ट्रिय गीतको एकल एल्बम पनि हो ।

सुष्मारानी देवकोटा प्रस्तुतकर्ता रहेको एल्बममा समावेश ४ वटा गीतमा निरज श्रेष्ठ र यौटा गीतमा बिपिन आचार्यको संगीत संयोजन रहेको छ । देवकोटा गीतकार संघ नेपालका अध्यक्ष हुन् ।

***


© People to People Media 2016. All rights reserved.