Mon, 11th Dec 2017

नेपाल राष्ट्र बैंक र भारतीय रिजर्वबैंकबीच सहमति

दुईबैंकबीच सुपरिवेक्षकीय सूचना आदान–प्रदान गर्ने सहमति–पत्रमा हस्ताक्षर

भलाकुसारी | Published on 2017-09-22 |

नेपाल राष्ट्र बैंक र भारतीय रिजर्वबैंकबीच सुपरिवेक्षकीय सूचना आदान–प्रदान गर्ने सहमति–पत्र (MOU)मा हस्ताक्षर भएको छ । दुई देशका केन्द्रीय बैंकबीच  सुपरिवेक्षकीय सूचना आदान–प्रदान तथा बैंक सुपरिवेक्षणका क्षेत्रमा सम्बन्ध र सहयोग बिस्तार गर्ने उद्देश्यले सहमति भएको हो ।

भारतीय रिजर्वबैंकको केन्द्रीय कार्यालय मुम्बईमा गतहप्ता हस्ताक्षर भएको सो सहमति-पत्रमा नेपाल राष्ट्र बैंक, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र भारतीय रिजर्व बैंकको Department of Banking Supervision का कार्यकारी निर्देशक मीना हेमचन्द्रले हस्ताक्षर गरेका छन् । आ–आफ्नो क्षेत्राधिकार अन्तर्गत पर्नेवाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणका लागि नेपाल राष्ट्र बैंकले सम्बन्धित विदेशीअधिकारीसँग सहयोगको आदानप्रदान गर्ने तथा सो प्रयोजनका लागि प्राप्त जानकारी वा सूचनाको गोपनीयता भंग हुन नहुने कानूनी व्यवस्थाअनुरुप उक्त सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकले विदेशी सुपरिवेक्षण अधिकारीसँग गरेको यो नै पहिलोसहमति हो । सुपरिवेक्षण अधिकारीहरूबीचपारम्परिक सहयोग, सद्भाव र सम्बन्ध बिस्तारगर्ने तथा सूचनाआदान–प्रदान गर्दै जाने नेपाल राष्ट्र बैंकको नीति रहेको छ ।

***


© People to People Media 2016. All rights reserved.