Tue, 21st Nov 2017

आज नवरात्रीको दोस्रो दिन

विजयादशमीअघिका नौवटा तिथिलाई नवरात्री वा नवदुर्गासमेत भन्ने गरिन्छ

भलाकुसारी | Published on 2017-09-22 |

आज द्वितीया, आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने बडादसैँको दोस्रो दिन । बडादसैँको पहिलो दिनमा घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

घटस्थापनाको दिनदेखि दसैँ घरमा देवी दुर्गाको पूजा आरम्भ हुन्छ । नौ दिनसम्म देवी दुर्गाको नौवटा रुपको पूजा आराधना गरी दशमीको दिन टीकाप्रसाद ग्रहण गर्ने चलन अनुरुप विजयादशमीअघिका नौवटा तिथिलाई नवरात्री वा नवदुर्गासमेत भन्ने गरिन्छ ।

आश्विन शुक्ल पक्षको पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्रीरदोस्रो दिन ब्रह्मचारिणी देवीको पूजाअर्चना गरिन्छ । देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या, बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दसैँ पर्व असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिएको हो । धर्मशास्त्रका ज्ञाताहरुका अनुसार दसैं पर्व कुनै खास धर्मको पर्वको रुपमा कतै उल्लेख भएको पाइँदैन । वर्तमान परिवेशमा दसैं सम्पूर्ण नेपालीहरुको सामाजिक पर्वको रुपमा रहिआएको छ ।

***


© People to People Media 2016. All rights reserved.