Tue, 21st Nov 2017

दसैंमा नेपाल टेलिकमको छुटैछुट

यस वर्षपनि कम्पनीका विभिन्न सेवामा छुट

भलाकुसारी | Published on 2017-09-22 |

नेपाल टेलिकमले विजयादशमीको अवसरमा विगत वर्षमा जस्तै यस वर्षपनि कम्पनीका विभिन्न सेवामा छुट उपलब्ध गराएको जनाएको छ । यस्ता छन् छुट:

रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म रु. ५०।–, रु. १००।–, रु. २००।–, रु. ५००।– र रु. १०००।– का रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी रु. १०।– र सो भन्दा बढी एम्पोस(MPOS) मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको छ ।

युट्युब (YouTube) डाटा प्याकेज:जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । यो प्याकेज लिनका लागि YT1GB वा YT500MBलेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

कम्बो (Combo) प्याकेज: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

यो प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम लिनको लागि COMBO10टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी अन्यको लागि COMBO25, COMBO50, COMBO100 अथवा COMBO300 टाइप गरी१४१५ मा एसएमएस पठाउनु पर्छ । साथै *1415#डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ ।

भ्वाइस (Voice) प्याकेज:जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मीनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

यो प्याकेज अन्तर्गत अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल लिनको लागि VOICE11 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी अन्यको लागिVOICE30, VOICE75, VOICE200 अथवाVOICE650टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । साथै *1415#डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ ।

PSTN/ C-Phone (Post Paid Fixed)सेवामा बोनस:PSTN/ C-Phone (Post Paid Fixed)सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल रु. २००।– मा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १००/१०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्धगराइएको छ ।

ADSL/FTTH/WiMAX अफर: मिति २०७४।०६।११ देखि २०७४।०६।१८ भित्र Unlimited र Volume base ADSL Accountको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति २०७४।०६।१९ सम्म थप गरिएको छ ।

त्यसैगरी २०७४।०६।११ देखि २०७४।०६।१८ भित्र FTTH/WiMAX Accountको समयावधि समाप्त हुने ग्राहकहरुको

समयावधि पनि २०७४।०६।१९ सम्म थप गरिएको छ ।

एसएमएस (SMS) मा छुट:जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्ट सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने

SMSसेवाको विद्यमान महसुल दरमा मिति २०७४।०६।११ देखि २०७४।०६।१९ सम्म ५० प्रतिशत छुट उपलब्ध

गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा SMSगर्न सकिनेछ ।

फोरजी सिम निःशुल्क परिवर्तन:कम्पनीले मिति २०७४।०६।०५ देखि २०७४।०७।३० सम्म फोरजी सेवा लिनका

लागि आवश्यक पर्ने सिम(यू-सिम) परिवर्तन निःशुल्क गरिएको छ । यो सेवा कम्पनीका काठमाण्डौ, ललितपुर, भक्तपुरर कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ । साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने छ ।

***


© People to People Media 2016. All rights reserved.