Tue, 21st Nov 2017

'यो लाहुरेलाई केको दसैं केको तिहार' [दसैंगीत भिडियोसहित]

रेग्मीको गीतले पेशागत बाध्यताले गर्दा चाडबाडमा घर फर्कन नपाउनेहरुलाई सम्बोधन गरेको छ

भलाकुसारी | Published on 2017-09-22 |

सम्झ्यो कि त रसाउँछन् आँखा
ठीक छु म त छोरीको ख्याल राख

यो लाहुरेलाई केको दसैं केको तिहार...

चाडपर्वलाई केन्द्रमा राखेर गीत बनाउने प्रचलन नयाँ होइन । पुरानो पुस्ताका कलाकारहरुले दसैं, तिहार, तीजजस्ता महत्वपूर्ण चाडपर्वको पृष्ठभूमिमा विभिन्न कालजयी गीत तयार गरेका कैयन् उदाहरण छन् ।

पछिल्लो समय चाडपर्वलाई केन्द्रमा राखेर गीत बनाउने क्रममा झनै बढोत्तरी भएको छ । प्राय: सबैजसो सर्जक, कलाकारले चाडपर्वका बेला गीत रेकर्ड गर्ने, सार्वजनिक गर्ने लहर नै चलेको छ । यही मेसोमा कल्पना रेग्मीको शब्दमा 'यो लाहुरेलाई केको दसैं केको तिहार..' बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । उल्लेखित पंक्ति रेग्मीको शब्दमा तयार भएको गीतबाट लिइएको हो । विभिन्न पेशागत बाध्यताले गर्दा रोजीरोटीको लागि घर छोड्नेहरु चाडबाडमा घर फर्कन पाउँदैनन् । रेग्मीको गीतले यस्तै विषय र भावको उठान गरेको छ ।

कुलेन्द्र बिक र पूर्णकला बिसीको स्वर रहेको उक्त गीतमा हुम गैरेको लय सिर्जना रहेको छ । कल्पना रेग्मी र बाबुराम बोहराले अभिनय गरेको म्युजिक भिडियो राजेश घिमिरेको छायाङ्कन र बाबुराम बोहोराको निर्देशनमा तयार भएको हो । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक म्युजिक भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन् ।

हेर्नुहोस्, भिडियो

***


© People to People Media 2016. All rights reserved.