Mon, 11th Dec 2017

तरेलीको दसैंविशेष कार्यक्रम

Published on 2017-09-23 |

तरेली साहित्य प्रतिष्ठान, शंखरापुरको आयोजनामा पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा आयोजित पूर्वी क्षेत्रस्तरीय कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो ।

प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठानलाई सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरियो । सम्मानित हुनेमा राजदास श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, नानु लामा नगरकोटी, निरा बज्राचार्य, बिना थापा, राम सिलवाल, राजकुमार श्रेष्ठ, एभरग्रीन मा वि, कुमार अधिकारीलाई रहेका छन् ।

कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३०००,२०००,१००० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो । गणेशप्रसाद खतिवडा, सरिता तामाङ र रमा कुँवरलाई पुरस्कार प्रदान गरिएको हो । काठमाडौ क्षेत्र नं २ का सभासद दिपकप्रसाद कुइकेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा वेदमणि घिमिरे, बाजुराम पौडेल, मणिराज सिंह, उमेश पाण्डे, द्वारिका कुइकेललगायतका साहित्यिक व्यक्तित्वको आतिथ्यता रहेको थियो ।

प्रतिष्ठानका सचिव अदीप्त प्रकाशले सञ्चालन गरेको कार्यक्रममा गोविन्द नेपाल, प्रकाश रम्घाली, प्रकाश गफाडी, डा. प्रदिप मैनाली, मानन्धर अभागी, उदास कार्की, शिवराम खड्का, लक्ष्मी रश्मि, अच्युत प्याकुरेल, केशव घिमिरे, सहदेव केसी, महेश वाग्ले, साबु पोख्रेल, अमूल्य कुइकेल, दिपक दाहाल, मोतिविदारक ऋतुराज, प्रज्ज्वल अधिकारी, प्रदिप राय, सबिना पूजा, विष्णु बिछोड, लोकेन्द्र कार्की, शान्ति शर्मा, नानू लामा, तारा केसी, दिपक पौडेल लगायतले आआफ्ना सिर्जना वाचन गरेका थिए ।

***


© People to People Media 2016. All rights reserved.