Mon, 11th Dec 2017

नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा-आराधना

भलाकुसारी | Published on 2017-09-24 |

बडादसैंमा नौ दिनसम्म देवी दुर्गाको नौवटा रुपको पूजा आराधना गरी दशमीको दिन टीकाप्रसाद ग्रहण गर्ने चलन छ । नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिन्छ ।

जसअनुसार आश्विन शुक्ल पक्षको पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाअर्चना गरिन्छ ।

नवरात्रभर देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक आह्वान गरी पूजाआजा गर्ने चलन छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या, बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसवर्ष घटस्थापना असोज ५ गते, फूलपाती असोज ११ गते, महाअष्टमी असोज १२ गते, विजया दशमी असोज १४ गते र  कोजाग्रत पूर्णिमा असोज १९ गते परेको छ ।

***


© People to People Media 2016. All rights reserved.