Mon, 11th Dec 2017

कोकिनसहित विदेशी नागरिक पक्राउ

भलाकुसारी | Published on 2017-09-24 |

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले २ किलो ७ सय ग्राम लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले एकजना बोलिभियन र अर्की भारतीय महिलालाई पक्राउ गरेको हो ।

कोकिनसहित पक्राउ पर्नेमा ए ९६२२३१ पासपोर्ट नम्बर भएकी २७ वर्षीय बोलिभियन  नागरिक अधमर एनेजलोपेज र दिल्लीबाट नेपाल आईपुगेकी एच३७९१७५० नम्बरको पासपोर्ट वाहक ५९ वर्षीया भारतीय महिला कमार जहान छन् । बोलिभियन नागरिक एनेजलोपेजले निलो सुटकेशभित्र फल्स बटम बनाई लुकाईछिपाई ल्याएको उक्त लागूऔषध भारतीय महिलालाई हस्तान्तरण गर्ने क्रममा पक्रिएको प्रहरीले जनाएको छ ।

उनीहरु काठमाडौं महानगरपालिका–२६ ठमेल चिबालमार्गस्थित एक होटलबाट पक्राउ परेका हुन् ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

***


© People to People Media 2016. All rights reserved.