Sat, 20th Oct 2018

वाणिज्य बैंकले ऋण लगानी बढाए

भलाकुसारी | Published on 2018-10-04 |

 ‘क’ वर्गका वाणिज्य बैंकले पछिल्लो दिनमा आक्रामकरुपमा ऋण लगानी गर्न थालेका छन् ।चालू आर्थिक वर्षको यही असोज १२ गतेसम्म वाणिज्यबैंकले रु ६५ अर्ब निक्षेप सङ्कलन गरेकामा रु ९३ अर्ब ऋण लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो एकतथ्याङ्कअनुसार वाणिज्य बैंकले रु २५ खर्ब २० अर्ब निक्षेप सङ्कलन गरेकाछन् भने रु २२ खर्ब आठ अर्ब ऋण लगानी गरेका छन् । बैंकमा अझै लगानीयोग्यरकम रु तीन खर्ब १२ अर्ब छ ।

गत साउन २५ गतेसम्म बैंकले रु २४ खर्ब ५५ अर्बनिक्षेप सङ्कलन गरेका थिए भने असोज १२ गतेसम्म आइपुग्दा निक्षेपको मात्राबढेर २५ खर्ब २० अर्ब पुगेको छ । यस्तै गत साउन २५ गतेसम्म रु २१ खर्ब १५अर्ब ऋण लगानी गरेका बैंकले ऋण लगानी बढाएर असोज सो अवधिमा रु २२ खर्ब आठअर्ब पु¥याएका छन् ।

ऋण लगानी गर्दा पनि अझै बैंकमा लगानीयोग्य रकम उपलब्धदेखिएको छ । यही असोज ५ गतेदेखि असोज १२ गतेसम्म मात्रै बैंकले रु आठ अर्बनिक्षेप सङ्कलन गर्दा सोही अवधिमा रु १९ अर्ब ऋण लगानी गरेका छन् ।निक्षेपको तुलनामा तत्काल लगानीयोग्य रकम उपलब्ध भए तापनि आक्रामक लगानीकाकारण आगामी दिनमा लगानीयोग्य रकममा संकुचन आउने सक्ने देखिन्छ ।

चाडबाडको समयमा सवारी साधनको खरिदमा समेत बैंकलेलगानी बढाएका छन् । यस्तै उद्योग तथा अन्य व्यवसायमा समेत लगानी बढेका कारणऋणको मात्रा बढेको हो ।

***


© People to People Media 2016. All rights reserved.