Sat, 20th Oct 2018

टर्कीमा सात सुरक्षाकर्मी मारिए

भलाकुसारी | Published on 2018-10-04 |

टर्कीकोदक्षिणपूर्वी क्षेत्रमा आतङककारीहरुको हमलामा परी सात जना सुरक्षाकर्मीमारिएका छन् । बट्मान प्रदेशमा बिहीबार भएको घटनामा परी अरु दुई जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
कुर्दिस्टन वर्कर्स पार्टी (पिकेके)का सदस्यहरुले सडकमा बम पड्काएर उनीहरुको मृत्यु भएको बताइएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसारसुरक्षाकर्मीहरु चढेको सवारी साधनलाई लक्षित गरी उनीहरुले विस्फोटन गराएकाथिए ।
घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीहरुको खोजी तीव्रपारेका छन् । पिकेकेलाई टर्की, अमेरिका र युरोपेली संघले आतङ्ककारी संगठनकोसूचीमा राखेको छ ।

***


© People to People Media 2016. All rights reserved.