Sat, 20th Oct 2018

टिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

भलाकुसारी | Published on 2018-10-04 |

रुसी राष्ट्रपतिभ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्लीआइपुग्नु हुनेछ । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममारहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालीरहेका छन् ।

दुई दिने भ्रमणमा आउनुअघि रुसले जारी गरेकोविज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोउपस्थितिमा करिब ५ अर्ब डलरको अध्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणालीखरिद सम्झौतामा हस्ताक्षर हुनेछ । रुसी प्रतिरक्षा प्रणाली खरिद गर्नेमुलुकहरु विरुद्ध अमेरिकाले प्रतिबन्धहरु लगाउने घोषणा गरेपनि यो हस्ताक्षरहुन लागेको हो ।

राष्ट्रपति पुटिन १९औं भारत–रुस द्विपक्षीय वार्षिकसम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ । उहाँले भारतमा रहँदाप्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटगर्नु हुनेछ ।

वासिङ्टन र नयाँदिल्लीले सन् २०१९ मा संयुक्त सैन्यअभ्यास गर्ने गत महिनामात्र घोषणा गरेका थिए । दुबै देशबीच संवेदनशील सैन्यसूचना आदानप्रदान गर्ने पनि सहमति भएको थियो ।

तर रुस नै भारतको मुख्य सैनिक साझेदार रहिआएको छ, र पछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ ।

पुटिन र मोदीबीच अरु पनि सैन्य सामग्रीको आपूर्तिकाबारेमा छलफल हुने बताइएको छ । भारत र रुसबीच सैनिक हेलिकप्टर उत्पादनकाबारेमा यसअघि नै सम्झौता भइसकेको छ, जसअन्तर्गत ६० वटा रुसमा निर्माण गरिनेर बाँकी भारतमा उत्पादन गरिनेछ ।

विज्ञहरुले भारतलाई अत्याधुनिक एस–४०० प्रणालीजस्ताउपकरण सख्त जरुरत भइसकेको बताएका छन् । चीनले लगातार सैनिक क्षमता सुदृढगरिरहेको र पाकिस्तानबाट नयाँनयाँ चुनौती आइरहेकाले पनि भारतले आफ्नोप्रतिरक्षा क्षमता बढाउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

भारतीय वायूसेना प्रमुख वीरेन्दर सिंह धनोआले एस–४०० र३६ वटा फ्रान्सेली लडाकू विमान राफेलको खरिदबाट भारतको तत्कालीन आवश्यकतापूरा हुने बताउनुभयो ।

भारत विश्वमै सबैभन्दा ठूलो सैनिक सामग्री आयातकर्तामुलुक हो र भारतले १०० अर्ब डलरका आधुनिक हातहतियार खरिद गर्ने योजनासार्वजनिक गरिसकेको छ ।

रुस अझै पनि भारतको सबैभन्दा ठूलो सैन्य सामग्रीआपूर्तिकर्ता मुलुक हो । सन् १९५३ यतादेखि दुबै मुलुकबीच प्रगाढ सम्बन्धरहिआएको छ । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले भारतीय सेनाका लागिअत्याधुनिक अपाचे हेलिकप्टर र ड्रोनहरु बिक्री गर्दैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँगकोसम्बन्धमा जोड दिएसँगै भारतको रुससँगको व्यापारमा कमी आएको छ । सन् २०१४यता दुबै मुलुकबीचको व्यापार १० अर्ब डलरभन्दा कम हुन थालेको छ । तरपछिल्लो समय मोदी र पुटिनबीचको भेटमा तिब्रता आएको छ ।

***


© People to People Media 2016. All rights reserved.