Mon, 10th Dec 2018

भारतमा पेट्रोलियम पदार्थको मुल्य घट्यो

भलाकुसारी | Published on 2018-10-04 |

भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।
पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूलेबताएका छन् । मुल्य घटाउन सरकारले तीन बँुदे योजना बनाएको समेत जनाएको थियो।
देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमाराज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा बराबरको कर पनि कटौती गरिएकोबताउनुभयो । त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एकरुपैया घटाउने भएका छन् ।
त्यसैगरी तेलको मुल्य घटाउने तेस्रो उपायको रुपमावित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौती गर्न लगाउनु भएको छ।
उहाँका अनुसार प्रदेशमा त डिजल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैया सम्म पनि मुल्य घट्न सक्नेछ ।
भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दलभारतीय जनता पार्टीले प्रतिलिटर भारतीय दुई रुपैया ५० पैसा घटाउने घोषणागरिसकेको जनाइएको छ ।

***


© People to People Media 2016. All rights reserved.