Mon, 10th Dec 2018

भियतनामको राष्ट्रपतिमा कम्युनिष्ट पार्टीका महासचिवको उम्मेदवारी

भलाकुसारी | Published on 2018-10-04 |

भियतनाम कम्युनिष्टपार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारीदिनुभएको छ । बुधबार उहाँले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिकालागि उहाँ मात्रै एक्लै उम्मेदवार बन्नु भएको समाचारमा जनाइएको छ ।भियतनाममा उहाँलाई शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ ।

कम्युनिष्ट पार्टीले उहाँलाई राष्ट्रपतिको उम्मेदबारबनाउने निर्णय गरेपछि उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँलाईतत्कालीन राष्ट्रपति डाई क्वाङको एक महिना अगाडि निधन भएपछि उम्मेदबारबनाउने घोषणा गरिएको थियो ।

“उहाँलाई राष्ट्रपतिको उम्मेदबार बनाउने विषयमापार्टीको केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरेको थियो,” पार्टीकोआधिकारीक वेबसाइटमा लेखिएको छ ।

देशको राष्ट्रियसभाले उहाँको उम्मेदवारीलाई स्वतःअनुमोदन गर्ने अपेक्षा गरिएको छ । पार्टी र सरकारको शक्तिशाली पदमा एकैपटकपुग्नेमध्ये उहाँ पनि एक हुनुभएको छ ।

लामो राजनीतिक यात्रा गर्नुभएका ट्रोङ अहिले ७४वर्षको हुनुभएको छ भने उहाँले मुलुकलाई नयाँ तरिकाले अगाडि बढाउनेकम्युनिष्ट पार्टीको विश्वास छ ।

***


© People to People Media 2016. All rights reserved.