Sat, 20th Oct 2018

उपचारमा सजिलो बन्दै आधुनिक उपकरण

Published on 2018-10-07 |

जिल्ला अस्पतालमा डिजिटलकम्प्युटर रिडेबल उपकरण जडानपछि चिकित्सकलाई उपचार गराउन सजिलो भएको छ ।एक्स–रे र उपचार सेवालाई भरपर्दो तथाप्रभावकारी बनाउन दुई महीनाअगाडिजडान गरिएको आधुनिक प्रविधिको उक्त उपकरणको सहयोगमा अहिले उपचार गराउनसजिलो भएको कार्यालय प्रमुख रूपचन्द्र विश्वकर्माले बताउनुभएको छ ।

बडिमालिका नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराएकोरू१६ लाखबाट जडान गरिएको उक्त उपकरणबाटस्थानीयवासीलाई जिल्ला तहमै भरपर्दोआधुनिक उपचार सेवा प्रवाह गर्न सहज भएको छ ।उपचार सेवा सहज भएपछिदैनिकजसो बिरामीको सङ्ख्या वृद्धि भएको र उपचार तथा रोगको पहिचान गर्न पनिनिकै सजिलो भएको स्वास्थ्यकर्मीको भनाइ छ । पहिले एक्स–रेबाट प्रिन्टनिकाल्नका लागिकेमिकल मिसाउँदा र सुकाउँदा लामो समय कुनुपर्ने बाध्यताउक्त उपकरणको जडानसँगै हटेको प्रमुख चिकित्सक विश्वकर्माले बताउनुभएको छ ।एक्स–रे गरेको पाँच मिनेटमै रोग पत्ता लगाउन सकिने विशेषता सो उपकरणमा छ ।यसअघि तीन÷चारथरीको एक्स–रेगर्नुपर्ने र प्रिन्ट पनि महँगो हुनेगरेकोथियो ।

***


© People to People Media 2016. All rights reserved.