Mon, 10th Dec 2018

शिक्षकले गरे विद्यालयमा तालाबन्दी

Published on 2018-10-07 |

लामो समयदेखि तलब नपाएको भन्दैसिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दीगरेका छन् ।

दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकलेविद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेकाहुन् ।

नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलबनपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारीदिनुभयो ।

शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने बताएका छन् ।

यता विद्यालयका प्राध्यनाध्यापक प्रमेश्वर रायलेआवश्यक सम्पूर्ण प्रक्रिया तयार पारेर लहान नगरपालिकामा बुझाए पनि तलबनिकासा नगरेकाले शिक्षकहरुलाई तलब उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
विद्यालयमा पटक–पटक तालाबन्दी हुँदा एक हजार विद्यार्थीको भविष्यअन्धकार बन्दै गएको छ ।

***


© People to People Media 2016. All rights reserved.