Mon, 10th Dec 2018

विद्यालयलाई सघाउँदै पूर्वविद्यार्थी

Published on 2018-10-07 |

बालबालिकामा गुणस्तरीयशिक्षाको जग बसाल्न यहाँको एक सामुदायिक विद्यालयका पूर्वविद्यार्थीलेबालकक्षा सुधार अभियान थालेका छन् । सदरमुकामस्थित विद्यामन्दिर माविकापूर्वविद्यार्थीले बालकक्षाको व्यवस्थापकीय सुधारमा लगानी गरेका हुन् ।

अभियानको अगुवाइ सुवासकुमार राजभण्डारी, मुकेशराजभण्डारी, राजेन्द्र आचार्यलगायतले गरेका छन् । अभियानमा देश विदेशमारहेका पूर्वविद्यार्थीबाट सहयोग आउने क्रम शुरु भएको छ । हालसम्म रु दुईलाख सङ्कलन भएको पूर्वविद्यार्थी मुकेश राजभण्डारीले जानकारी दिनुभयो ।विसं १९९७ मा खुलेको विद्यामन्दिर मावि जिल्लाकै जेठो विद्यालय हो । मावितहसम्म पढाइ हुने यस विद्यालयमा १४०० विद्यार्थी अध्ययनरत छन् ।

शुरुमा पूर्वविद्यार्थी निर्देश राजभण्डारीले आफ्नोजन्मदिनको अवसरमा रु २५ हजार प्रदान गर्नुभएको थियो । “आफूले पढेकोविद्यालयमा केही गर्ने सोच आएपछि बालकक्षा सुधारमा लाग्यौँ”, राजभण्डारीलेभन्नुभयो । सानो प्रयास र लगानीमा पनि व्यवस्थापकीय सुधारको काम गर्न सकिनेविश्वास पूर्वविद्यार्थीमा छ ।

भौतिक सुधारदेखि बालबालिकाको पोशाक, शैक्षिक सामग्रीमायो वर्ष रु छ लाखको योजना अघि बढेको छ । विद्यालय आउने बानी पार्न र सिकाइबढाउन बालबालिकालाई निःशुल्क खाजासमेत व्यवस्था गरिएको छ ।पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले यसै साता बालबालिकालाई खाजा वितरणगर्नुभएको थियो ।

पूर्वविद्यार्थीसमेत रहनुभएका श्रेष्ठले खाजाव्यवस्थापनमा दुई वर्षसम्म मासिक रु एक हजार उपलब्ध गराउने प्रतिबद्धताव्यक्त गर्नुभयो । पूर्वविद्यार्थीको पहलमा बालकक्षा सुधारको काम अघि बढ्नुसह्रानीय रहेको विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बताउनुभयो ।

५० बाललबालिका अट्ने गरी कक्षा कोठा व्यवस्थापन गरिएकोछ । सिकाइको गुणस्तर बढाएर थप बालबालिका आकर्षित गर्ने र उनीहरूलाईटिकाइराख्ने विद्यालयको योजना छ । पूर्वविद्यार्थीकै पहलमा निःशुल्कखाजासँगै पोशाक, शैक्षिक सामग्री र शिक्षक व्यवस्थापनको काम पनि अघि बढेको छ।

बालकक्षामा प्रायः गरीब र विपन्न वर्गका बालबच्चालेपढ्ने हुँदा सहयोगको खाँचो रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसुवासकुमार राजभण्डारीले बताउनुभयो । “सामुदायिक विद्यालयको बालबालिकालेपनि गुणस्तरीय शिक्षाको अवसर पाउन् भनेर अभियान थालेका हौँ”, उहाँलेभन्नुभयो । बाल विकास केन्द्रमा अहिले २८ बालबालिका छन् । तीमध्ये अधिकांशकिसान, मजदुर र न्यून आय भएका परिवारबाट आएका हुन् ।

***


© People to People Media 2016. All rights reserved.