Sat, 20th Oct 2018

वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ ः राष्ट्रपति

Published on 2018-10-07 |

राष्ट्रपति विद्यादेवीभण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नैअग्रसर हुनुपर्ने बताउनुभएको छ ।

एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रियकेन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आजआयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीलेबढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दावातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो विषयमा यथोचितध्यान पु¥याउनुपर्ने औँल्याउनुभयो ।

जलवायु परिवर्तनले सुख्खा डढेलो तथा बाढीपहिरोजस्तासमस्यालाई अझ जटिल बनाएको रनेपालका सुन्दर हिमशृङ्खला र हिमताल पग्लेरउत्पन्न हुने बाढीपहिराले जनधनको ठूलो क्षति हुँदै आएको तथा यसबाटवातारणविनाश र पर्यटनको आकर्षणको केन्द्रका रुपमा रहेका नेपालको मौलिक पहिचानगुम्ने अवस्थामापुगेकामा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गर्नुभयो ।

“पेरिस सम्झौतालगायत ओजन तहको क्षयीकरण रोकथाम गर्नेविषयमा भएको सम्मेलन तथा मरुभूमीकरणविरुद्ध बेइजिङ सम्मेलनले तय गरेकाविभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा सन्धिको अनुमोदन तथा सम्मेलनकोभावनाअनुसारका राष्ट्रिय नीति, कानून तथा संस्थागत संरचनाको विकास गर्दैजान नेपाल सरकार प्रतिबद्ध रहेको मैले महसुस गरेकी छु”, राष्ट्रपतिलेभन्नुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्नसरकारले नागरिक समाज र सरोकारवाला समूहको सहभागितामा वातावरण र जलवायुपरिवर्तनजस्ता विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, रणनीति तथाकार्ययोजना बनाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँलेसम्मेलनले वर्तमान रभावी पुस्ताको स्वस्थ्य वातावरणमा स्वस्थ्य भएरबाँच्न पाउने मौलिक हक संरक्षणको विषयमा दूरगामी दृष्टिकोण र व्यावहारिककार्यदिशा तय गर्ने विश्वस गर्नुभयो ।

सो अवसरमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतलेजलवायु परिवर्तन, वातावरण र बढ्दो शरहीकरणसँग जोडिएका समस्यालाई एकीकृतढङ्गले सम्बोधन गर्न सरकारले निरन्तर प्रयत्न गर्दै आएको बताउनुभयो ।मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विकासका कार्यबाट आर्थिक वृद्धिदर तथाजीवनयापनमा सहजता भए तापनि प्राकृतिक स्रोतको दोहन तथा प्रदूषणमा व्यापकताआई मानव जीवन कष्टपूर्ण हुन थालेपछि वातावरण संरक्षणको आवश्यकताको महसुसहुँदै गएको छ भन्नुभयो । सम्मेलनमा ‘वायु प्रदूषण तथा न्यूनीकरण’, ‘शहरीवातारण तथा फोहर व्यवस्थापन’ र ‘वातारणीय प्रभाव मूल्याङ्कन’लगायत विषयमाछलफल गरिनेछ ।

***


© People to People Media 2016. All rights reserved.