Fri, 17th Aug 2018

'मिस ईकलेज २०१८' फागुन ५ गते शनिबार

भलाकुसारी | Published on 2018-02-12 |

'मिस ईकलेज २०१८' को अन्तिम प्रतिस्पर्धा यही फागुन ५ गते राजधानीमा हुने भएको छ । सिजन मिडियाको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको सहभागीहरुले विभिन्न चरणका प्रस्तुति गरिसकेका छन् ।

आगामी शनिबार हुने अन्तिम प्रतिस्पर्धा राजधानीस्थित अक्षरा स्कुलको सभाहलमा हुने आयोजकले जनाए को छ। विजेतालाई “मिस ईकलेज २०१८” को ताज र उपाधि सहित रु. एकलाख ८० हजार पर्ने यामाहा रेजी स्कुटर, उच्च शिक्षामा १ लाख बराबरको छात्रवृत्ति, नेपाल एयर होस्टेज एकेडमीको तर्फबाट रु २५ हजार बराबरको एयर होस्टेज तालिम लगायतका पुरस्कारका साथै गिफ्ट हयाम्पर प्रदान गरिनेछ । फस्ट रनर र सेकेण्ड रनर अपले मोबाइल ट्याव, मोबाइल फोनका साथै १ वर्षको छात्रवृत्ति र अन्य गिफ्ट हयाम्पर प्राप्त गर्ने आयोजकको भनाइ छ । विजेता ३ जनाले ५ दिनको बैङ्कक-पताया भ्रमणको अवसर पनि पाउने छन् । यसबाहेक विभिन्न १८ विधामा सबटाइटल प्रदान गरिने छ ।

***


© People to People Media 2016. All rights reserved.