Thu, 22nd Feb 2018

'अस्तित्व' गीति एल्बम सार्वजनिक

भलाकुसारी | Published on 2018-02-13 |

गायक तथा संगीतकार सञ्जिव कुमार पौडेलको नयाँ गीतिसंग्रह 'अस्तित्व' बजारमा आएको छ । पौडेलको एकल गायन रहेको एल्बम राजधानीमा आयोजित कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो ।

गीतकार यादव खरेल, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार शक्ति बल्लभ लगायतले सार्वजनिक गरेको गीति एल्बममा नारायण कँडेलको शब्द र रेखा पौडेलको संगीत रहेको छ  । एल्बममा 'अस्तित्वमा हुन्छु म जब', 'नजर प्यासी', 'छैनन् शब्द बाँकी', 'न मैले बुझ्न सकेँ' लगायत ६ वटा गीतहरु समावेश गरिएको छ । एल्बमको बजार व्यवस्थापन विन्ध्यवासिनी म्यूजिक प्रालिले गरेको छ ।

***


© People to People Media 2016. All rights reserved.