Tue, 23rd Oct 2018

सुन्तलाको बोट सार्वजनिक

भलाकुसारी | Published on 2018-02-13 |

योगेन्द्र खनाल र जुनु गौतमको स्वरमा रहेको गीत 'सुन्तलाको बोट'को म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गीतमा लय, शब्द योगेन्द्र खनालको रहेको छ ।

प्रयास कला केन्द्रको प्रोडक्सन रहेको भिडियोमा पुष्पल खड्का र सजनी बानियाँको अभिनय छ । राजीव समरको कोरियोग्राफीमा तयार भएको भिडियोको निर्देशन तथा सम्पादन क्रमश: राज मानन्धर र विकास धमलाले गरेका छन् । गीतको बजार व्यवस्थापन एसियन म्युजिकले गरेको छ । भिडियो एसियन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

***


© People to People Media 2016. All rights reserved.