Fri, 14th Dec 2018

सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कानुनी दायरामा रहेरमात्र सूचनाको हकको प्रयोग गर्न सकिनेमा जोड

भलाकुसारी | Published on 2018-02-13 |

प्रहरी प्रधान कार्यालयको आयोजनामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूचना आयोगसँगको सहकार्यमा भएको उक्त कार्यक्रममा वक्ताहरुले कानुनी दायरामा रहेरमात्र सूचनाको हकको प्रयोग गर्न सकिनेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकको संरक्षण, संवर्धन र प्रचलनमा नेपाल प्रहरीले आफ्नो दायित्व निर्वाह गर्दै आएको बताए । आगामी दिनमा आपसी समन्वय गर्न आयोग तयार रहेको बास्कोटाको भनाइ थियो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सूचना र संचार जगतका प्राज्ञ वक्ताहरुबाट पाएको ज्ञान प्रहरी संगठनका लागि लाभदायक रहेको धारणा व्यक्त गरे । कानुनी दायरामा रहेमात्र सूचनाको हकमा पारदर्शिता हुने महानिरीक्षक अर्यालले बताए । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले नागरिकको सूचनाको हकलाई सहज बनाउन गरेका प्रयासको समीक्षा गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक लगायतका प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

***


© People to People Media 2016. All rights reserved.