Tue, 23rd Oct 2018

पशुपतिनाथ परिसरमा, ७७ को उद्धार, ३५ पक्राउ

भलाकुसारी | Published on 2018-02-13 |

महाशिवरात्रीको २०७४ का अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरुको सेवा र सुरक्षाको लागि नेपाल प्रहरीले  सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरेको छ ।

भक्तजनलाई सुरक्षा एवं विविध मानवीय सेवा पुर्‍याउने उद्धेश्यले सामुदायिक सेवा केन्द्र चाबहिल लगायतको सहभागितामा उक्त कमाण्ड पोष्ट तथा कक्षको सञ्चालन गरिएको हो । उक्त कमाण्ड पोष्टमार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकहरुद्धारा ४० जनालाई स्वास्थ्य सेवा दिइएको तथा भीडमा हराई अभिभावकबाट सम्पर्कविहीन भएका ७७ जनाको खोजी गरी सम्बन्धित अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सो कमाण्डपोष्टको नेतृत्वमा प्रहरीले भीडमा पाकेटमारी गर्ने ३५ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत गौशाला बुझाएको छ ।

***


© People to People Media 2016. All rights reserved.