Sat, 21st Apr 2018

अमृत क्षेत्रीको ‘मग मग’ (म्युजिक भिडियो)

भलाकुसारी | Published on 2018-02-13 |

गायक अमृत क्षेत्रीको स्वर रहेको ‘मगमग’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा अमृत क्षेत्रीसंगै उनकी श्रीमती संगीता ताम्राकार क्षत्रीको अभिनय रहेको छ । दुईबीचको प्रेमको विषयलाई समेटिएको भिडियोमा एक अर्काप्रतिको प्रेमको चर्चा गरिएको छ ।

एकनारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको गीत प्रणय दिवसको अवसरमा सार्वजनिक गरिएको हो । प्रेमी जोडीलाई छुने विश्वासका साथ गीत ल्याएको गायक क्षेत्रीको भनाइ छ ।

बुद्ध थापाले छायाङ्कन तथा विकास धमलाले सम्पाद नगरेको भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । गीत सुरशाला म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

***


© People to People Media 2016. All rights reserved.