Tue, 17th Jul 2018

मदनकृष्णका 'हाकिम' जगत मर्दन

म तल्लो तहमा काम गर्थें । उहाँ त्यतिबेलै अफिसर भइसक्नु भएको थियो

भलाकुसारी | Published on 2018-02-16 |

आठ दशक हिउँद काटिसकेका जगत मर्दन थापाको नेपाली संगीत क्षेत्रमा उल्लेखनीय योगदान छ । गायक थापाले विसं २०१८ सालमा 'माया लुकाई लुक्दैन...' बोलको गीत कलकत्तामा रेकर्ड गरेसँगै गायन सुरु भएको हो । निकै लामो समयदेखि संगीतकर्ममा सक्रिय थापाको ८१ वर्षको उमेरमा 'माया लुकाई लुक्दैन...' शीर्षकको गीति एल्बम सार्वजनिक भएको छ ।

नेपाली दर्शक-श्रोतासामु मदनकृष्ण श्रेष्ठलाई परिचित गराइ रहनु आवश्यक छैन । नेपाली र नेवारी भाषाका दर्जनौं गीतका गायक तथा सदाबहार लोकप्रिय हास्य कलाकार श्रेष्ठ र जगत मर्दन थापाले एक समय सँगसँगै काम गर्दथे ।

श्रेष्ठ र थापाले कर्मचारी सञ्चय कोषमा सँगसँगै काम गरेका थिए । मदनकृष्ण स्मरण गर्छन्, एक समय हामी सँगै काम गर्दथ्यौं । "जगत मर्दन थापाले २०१९/२० सालतिर देखि सञ्चय कोषमा काम गर्नहुन्थ्यो । मैले २०२३ सालदेखि काम गर्न थालेको हुँ ।" श्रेष्ठ भन्छन्, "उहाँ मेरो हाकिम सा'प हो ।"

श्रेष्ठ नोस्टाल्जिक हुँदै भन्छन्, म एकदम तल्लो तहमा काम गर्थें । मासिक १०५/६ रुपैयाँ तलब हुन्थ्यो । उहाँ त्यतिबेलै अफिसर भइसक्नु भएको थियो ।

उहाँको गीत, संगीत र गायन पनि एकदम अचम्मको छ । गीत सुन्यो कहाँ हो कहाँ, आम्मामा!! पत्याउनै नसकिने खालको गीत । कस्तो मिठो । कस्तो सरल । कस्तो विशिष्ट ।

'भन है तिमी नढाँटी...', 'कसरी बुझाउँ यो दिल...', 'औंसीको दियो बालेर गोरेटोमा हेरौंला...', 'आउँछौ की तिमी भनेर चौतारीमा पर्खी कुरौंला...' यी गीतहरु सुन्दा बेग्लै आनन्द आउँछ । उहाँले ५० वर्षअघि गाउन थाल्नुभयो । आजपनि गाइरहनु भएको छ ।

***


© People to People Media 2016. All rights reserved.